आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास भवनको चाबी हस्तान्तरण
फोटोफिचर

प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास भवनको चाबी हस्तान्तरण

योगा रुमदेखि कार्यालयसम्मका तस्बिरहरू हेर्नुहोस्
आइतबार, १० भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् । 

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि भैेंसेपाटीमा प्रत्येक प्रदेशका लागि एउटा भवन तयार भएको छ । सो भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । 

ती भवन काठमाडौँ आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखले बस्नका लागि प्रयोग गर्नेछन् भने सम्पर्क कार्यालय समेत राख्ने जनाइएको छ । आवास भवन ८५ करोडको लागतमा निर्माण गरिएको जनाइएको छ ।

हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ । जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया