आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणको अभियोगपत्र : विजय गच्छदारसहित कुन प्रतिवादीसँग कति मागदाबी ? (पूर्णपाठ हेर्नुहोस्)

आइतबार, १० भदौ २०८०, २३ : १०
आइतबार, १० भदौ २०८०

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गरेको छ।  जसमा कार्यालयले काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेपनि बिगो मागदाबी भने २३९ जनासँगमात्रै भएको छ । 

प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ । यस्तै माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर मुद्दा चलाइएको छ । 

यस्तै अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ । यस्तै सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ । 

प्रतिवादीहरुसँग ६ अर्बदेखि ४२ लाखसम्मको बिगो मागदाबी गरिएको छ । अदालतमा दायर मुद्दामा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग १० करोड ५१ लाख भन्दा बढी बिगो मागदाबी भएको छ । 

गच्छदारको हकमा अदालतले भनेको छ, ‘ .....पदाधिकारी भएकोले सरकारी अभिलेखसँग भिडाई उक्त जग्गा सरकारी हो वा मोही कायम भएको जग्गा हो भन्ने यकिन गरी मिल्ने भए मात्र ऐन, नियम र विनियमका आधारमा टिप्पणी स्वीकृत गरी पेश गर्नु पर्नेमा प्राप्त कागजातलाई मात्र आधार लिई, बिश्वास गरी अन्तिम तथ्य मानी सरकारी जग्गा व्यक्तिको नाममा लैजान आधारभूत प्रमाण (किर्ते प्रमाण) जुटाउने प्रपञ्च र योजनामा संलग्न भएको देखिएको, जग्गाको मोठ स्रेस्ता अध्ययन गरी जग्गाहरुको श्रोत यकिन गरी अभिलेखमा समेत भिडे पश्चात मात्र तयार गर्नु पर्नेमा सो नगरेको देखिएको । गलत तथ्यको आधारमा तयार भएको टिप्पणी स्वीकृत गरेको, नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको सरकारी जग्गालाई व्यक्ति तथा संस्थाको नाममा दर्ता कायम गरी व्यक्ति विशेषको नाममा मोही कायम समेत गराई अर्काको हक जाने नोक्सान हुने, झुट्टा काम गरी आफैलाई वा अरु कसैलाई फाइदा पुग्ने कार्य गरी प्रतिवादी विजय कुमार गच्छदारले बिगो रु १०,५१,१२,९०३ बराबरको नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्ति विशेषको नाममा मोही कायम गराएको हुँदा प्रतिवादीले साबिकको मुलुकी ऐन, किर्ते कागजको महलको १ नं र २ नं मा परिभाषित कसूर गरेको देखिन आयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप