आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बूढानिलकण्ठबाट पेस्तोलसहित युवक पक्राउ

आइतबार, १० भदौ २०८०, १८ : ३३
आइतबार, १० भदौ २०८०

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल घर भएका सुरज श्रेष्ठ उर्फ सुलभ छन् ।

२८ वर्षीय सुरजलाई बूढानिलण्ठ नगरपालिका–४ स्थित पासिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । आरोपितको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरेको छ ।

आरोपित सुरज यसअघि ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । शुक्रबार पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप