आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाई काटेको अभियोगमा तीन जना पक्राउ

आइतबार, १० भदौ २०८०, २० : ४८
आइतबार, १० भदौ २०८०

तनहुँ । तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगी काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप