आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फार्मबाट बंगुर लिएर किसानलाई ठग्ने युवक पक्राउ

४४ लाख ठगेको उजुरी
आइतबार, १० भदौ २०८०, २१ : १९
आइतबार, १० भदौ २०८०

काठमाडौँ । बंगुर फार्मबाट बंगुर लिएर किसानलाई ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–३ घर भएका ३२ वर्षीय पेमा ध्वज लामा छन् ।

गाडीमा राखेर बंगुर पठाएपछि बैंक वा एटिएमबाट पैसा निकालेर ल्याउँछु भनेर उनी फरार हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । आरोपीतविरुद्ध ४४ लाख ठगेर भागेको उजुरी परेको छ ।

उनले काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौँमा रहेका फार्मबाट बंगुर किन्ने भनेर झुक्याएर ठग्ने गरेका थिए । आरोपीतविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप