आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीमाथि करोडौँको सिक्का चोरी गरेको आरोप, चारजना पक्राउ

आइतबार, १० भदौ २०८०, २१ : १८
आइतबार, १० भदौ २०८०

अलिराजपुर । मध्यप्रदेशको अलिराजपुरका दुई आदिवासी महिलाबाट ब्रिटिशराजको समयको  २४० वटा  सुनको सिक्का लुटपाट गरेको अभियोगमा सोण्डवा थानाका चार प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू विगत ३५ दिनदेखि फरार थिए । यद्यपि यी सिक्काहरू अहिलेसम्म फेला परेका छैनन्। अलिराजपुरका प्रहरी उपरीक्षक राजेश व्यासले चारै जनालाई पक्राउ गरी अगस्त ३१ सम्म प्रहरी हिरासतमा राखिएको बताए । पक्राउ परेकाहरू अग्रिम जमानतको लागि प्रयास गरिरहेका थिए । 

अलिराजपुरकी रामकु बवाडियाले आफू र बुहारी गुजरातको बजारीमा काम गर्न गएको बेला सुनका सिक्का फेला परेको बताएकी छन् । फेला परेको सिक्का आफूसँग लिएर आएको उनको भनाई छ । गाउँ फर्किएपछि २० वटा सिक्का आफूसँग राखेको र बाँकी जमिनमा गाडेको उनले बताए । तर यो खबर केही दिनमै गाउँमा फैलियो ।

रामकुका अनुसार जुलाई १९ मा सादा पोसाकमा चारजना प्रहरी उनको घरमा आएर ती सिक्का लिएर गएका थिए । रामकुले भनिन्, ‘प्रहरीले २३९ वटा सिक्का लिएर गए भने एक सिक्का हामीसँग राख्यौँ।’

त्यसको भोलिपल्ट रामकुले प्रहरीमाथि मुद्दा दायर गरेपछि उच्च प्रहरी अधिकारीले चार प्रहरीलाई निलम्बन गरेका थिए । भारतीय बजारमा यी सिक्काको मूल्य एक करोड भारु रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ७ करोडभन्दा बढी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप