आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

आइतबार, १० भदौ २०८०, २१ : ५३
आइतबार, १० भदौ २०८०

काठमाडौँ। नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाले पाँच कृति लोकार्पण गरेको छ । सो अनलाइनको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा पाँच स्रष्टालाई सम्मान समेत गरिएको छ । 

फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद रु २०,१०५ सहित सम्मानपत्र अर्पण गरिएको थियो ।

त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द(विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८०’ बाट सम्मान गरिएको छ ।

samman (5)

हास्यव्यङ्प्रेमी दर्शक स्रोताहरूको बाक्लो उपस्थितिमा पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेले अग्रज हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईले स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’, शान्तदास मानन्धरले स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग्य कवितासङ्ग्रह,  साहित्यकार तथा वरिष्ठ पत्रकार भैरव रिसालदले बुढ्यौली साहित्यिक अभियन्ता डा.मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘बेसारे घुर्की’ चट्याङ मास्टरले लोकार्पण गरेका छन् ।

samman (1)

लोकार्पित कृति ‘डाँडाका उज्याला जून’ समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले गरेका थिए भने बाँकी चारवटा विमोचित हास्यव्यङ्ग्य कृतिहरूका बारेमा वरिष्ठ समालोचक र साहित्यकार गोविन्दराज भट्टराईले प्रकाश पारेका थिए । यसलगत्तै लोकार्पित कृतिका स्रष्टाहरूले आफ्ना सारगर्वित मन्तव्य सहित रचना सुनाएका थिए ।

स्मरणीय कुरा के थियो भने विमोचन हुन लागेका किताबहरू डिजिटल (विद्युतीय) माध्यमबाट रिमोट थिची लोकार्पण गरिएको थियो ।  कार्यक्रम विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्राडा गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।       

samman (3)
   
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप