आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबु र रिताको स्वरमा ‘सुन कोशी बग्यो सलल’

सोमबार, ११ भदौ २०८०, १० : ४२
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । गायक सबुथापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीत सार्वजनिक भएको छ । गीतमा स्व.पूर्ण गुरुङको शब्द तथा संगीत छ ।

गीतको म्युजिक भिडियो भने दिलिप समनले निर्देशन गरेका हुन् । भिडियोमा सुनील न्यौपाने र बिना राउतलाई रोमानिट जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

निर्देशक दिलिपले सुनील र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । मेलाको तामझामका साथ छायाङ्कन भएको भिडियोमा सुनील र बिनाले मज्जैले ठुम्का लगाएका छन् ।

हरि हुमागाईको छायांकन रहेको गीत नहकुल खड्काले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप