आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कटुवा पेस्तोलसहित किशोर पक्राउ

सोमबार, ११ भदौ २०८०, १२ : ३३
सोमबार, ११ भदौ २०८०

सुनसरी । सुनसरीमा एक जना किशोर कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।  

ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको बताइएको छ । तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप