मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सप्तकोसी किनारमा मोबाइल र जुत्ता राखेर डाक्टर बेपत्ता

सोमबार, ११ भदौ २०८०, १३ : १४
सोमबार, ११ भदौ २०८०

विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

‘मान्छे कता जानुभयो या के भयो भन्ने कुरामा सुनसरी र उदयपुर प्रहरीले खोजी गरिरहेको छ । दमकमा रहेका उनको घरपरिवार र आफन्तलाई पनि जानकारी भएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप