आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोबर्टो मान्चिनी साउदी अरबको फुटबल टोलीका म्यानेजर नियुक्त

सोमबार, ११ भदौ २०८०, १४ : ४५
सोमबार, ११ भदौ २०८०

रियाद । इटालीको मुख्य प्रशिक्षक पदबाट राजनीमा दिएको दुई हप्तापछि रोबर्टो मान्चिनी साउदी अरबको म्यानेजर नियुक्त भएका छन् । ५८ वर्षीय मान्चिनीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सन् २०२० को युरो कपको उपाधि दिलाएका थिए ।

टोलीले विश्व कीर्तिमानी ३७ वटा खेलको अपराजित यात्रा तय गरे पनि सन् २०२२ को विश्वकपको छनोट हुन असफल भएको थियो ।

उनले साउदी अरबसँग २०२७ सम्मको करार गरेका छन् । नेतृत्व सम्हालेपछि उनको पहिलो खेल ८ सेप्टेम्बरमा कोस्टारिकाविरुद्ध हुनेछ । ‘एसियामा फुटबलको लोकप्रियता बढिरहेका बेला नयाँ देशमा फुटबलको अनुभव लिने मेरा लागि यो ठुलो अवसर हो,’ मान्चिनीले भने ।

गत विश्वकपमा साउदी अरबले पूर्व म्यानेजर हर्भे रेनार्डको नेतृत्वमा अर्जेन्टिनालाई समूह चरणमा २–१ गोलले हराएको थियो ।

यता मान्चिनीले म्यानचेस्टर सिटीलाई सन् २०१२ मा प्रिमियर लिगको उपाधि दिलाएका थिए । यसबाहेक उनले फ्लोरेन्टिना, लाजियो, इन्टर मिलान, गालातासारे र जेनिट सेन्ट पिटर्सबर्गको नेतृत्व सम्हालिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप