मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अझै भेटिएनन् बेपत्ता डाक्टर

सोमबार, ११ भदौ २०८०, २० : ५६
सोमबार, ११ भदौ २०८०

विराटनगर । सप्तकोसी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइरालाको अवस्था अझै अज्ञात छ ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले दिएको जानकारी अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् । बेवारिसे कार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो । 

‘होटेलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरि खोजी गरेका थियौँ,’ फुयाँलले भने, ‘कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो ।

गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी गर्‍यौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप