आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार आरोपित पक्राउ

सोमबार, ११ भदौ २०८०, २० : ५८
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका सन्तोष घले छन् । 

३८ वर्षीय घलेलाई काठमाडौँ महानगरपालिका–१५ स्थित छाउनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

 काठमाडौँको तार्केश्वर नगरपालिका–१० मा बस्दै आएका घले विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप