आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

सोमबार, ११ भदौ २०८०, २२ : २७
सोमबार, ११ भदौ २०८०

बुटवल । दाङमा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही उपमहानगरपालिका–१६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०५७ साल साउन ६ गते ८ वर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरि सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप