मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो, चाँदीको कति ?

मङ्गलबार, १२ भदौ २०८०, ११ : १३
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढेर आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप