आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

ललिता निवास प्रकरणका दुई जना प्रतिवादीको बयान सकियो

आज थप ३ जनाको बयान हुँदै
मङ्गलबार, १२ भदौ २०८०, १२ : ०२
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान पुरा भएको हो ।

१३ नम्बर इजलासमा शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–४ को तत्कालीन वडा सचिव हुँदा शिवजी भट्टराई कागजात किर्तेमा संलग्न भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । उनी असार १७ मा पक्राउ परेका थिए ।

ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइट बस्ने रुद्र प्रसाद श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक हुन् । प्रहरीले उनलाई असार २६ मा पक्रेर ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरेको थियो । तर, सरकारी वकिल कार्यालयले ‘संगठित’ कसुरलाई बाहेक गरेर किर्ते मुद्दा मात्रै अदालतमा दर्ता गरेको छ ।

आज ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार बालकृष्ण श्रेष्ठ, कलाधार देउजा र मीन बहादुर गुरुङको बयान लिने तयारी भइरहेको छ । मीन बहादुर भाटभटेनी डेभलपमेन्ट कम्पनीका सञ्चालक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप