आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शुल्क वृद्धिको विरोधमा विद्यार्थीले निकाले शवयात्रा (तस्बिरहरू)

शुल्क वृद्धिको विरोधमा विद्यार्थीले निकाले शवयात्रा (तस्बिरहरू)

मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । इन्जिनियरिङ तर्फको शुल्कमा भारी वृद्धि गरिएको विरोधमा विद्यार्थीले साङ्केतिक रूपमा शव यात्रा निकालेका छन् । 

मंगलबार पुलचोक क्याम्पसबाट निकालेको शव यात्रामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपको बाबजुद विद्यार्थीहरूले पुलचोकदेखि माइतीघर मण्डलासम्म मार्च पास गरेका थिए । 

इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीलाई मर्का पर्ने गरी १४४ प्रतिशतले  शुल्क बढाएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया