आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२० किलो चाँदीसहित दुई जना युवा पक्राउ

मङ्गलबार, १२ भदौ २०८०, १७ : ५४
मङ्गलबार, १२ भदौ २०८०

विराटनगर । अवैध रूपमा २० किलो चाँदी लिएर काठमाडौँ हिँडेका दुई युवा पक्राउ परेका छन् ।  

उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका ३७ वर्षीय शेचन मानन्धर रहेका छन् । उनीहरुलाई बिपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ५ को सिन्धुली गढी प्रहरी चौकीले पक्राउ गरेको हो । 

उनीहरुले प्रयोग गरेको ०१–०२५ च १०६९ नं को निजी कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कारको पछाडि सिटमुनि लुकाएर २० किलो चाँदी राखेको फेला परेको थियो ।

उक्त चाँदीको मूल्य २४ लाख ६१ बराबरको छ । नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप