आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक १८ गतेका लागि तय

मङ्गलबार, १२ भदौ २०८०, १९ : २८
मङ्गलबार, १२ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौ १८ गतेका लागि तय भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले प्रदेशसभा बैठक भदौ १८ गते अपराह्न १ः३० बजेका लागि तय भएको जनाएको हो ।  

गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पास गरेलगत्तै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक २ महिना पछि बस्ने भएको छ ।  

सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकको सम्भावित कार्यसूची तयार गर्न सोही दिन बिहान ११ः३० बजे कार्यपरामर्श व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ । 

गत असार २२ गते बसेको प्रदेशसभा बैठकबाट अर्थ सम्बन्धी २ वटा विधेयक पारित गरेसँगै स्थगित गरिएको थियो । पर्याप्त विजनेशन नहुँदा त्यस यता प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

प्रदेशसभाका संसदीय समितिले पनि पूर्णता पाउन सकिएको छैन । प्रदेशसभाका ५ वटा समितिका सभापति चयन हुन बााकी रहेको छ ।  

प्रदेशसभा सचिवालयमा मंगलबार मात्रै सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले युवा वैज्ञानिक खोज अनुसन्धान तथा नव प्रवर्तन सम्बन्धी विधेयक दर्ता गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप