सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालबारे के भन्छन् पाकिस्तानका महान् खेलाडी अक्रम ?

मङ्गलबार, १२ भदौ २०८०, २० : २२
मङ्गलबार, १२ भदौ २०८०

 काठमाडौँ । पाकिस्तानका पूर्व कप्तान वसिम अक्रमले पाकिस्तानी क्रिकेट टोलीले आफ्नो समूहमा उदाउँदै गरेका अन्य टोलीलाई बेवास्ता गर्न नहुने बताएका छन् ।

सन् १९९२ मा पाकिस्तानको विश्व विजेता टोलीको सदस्य रहेका अक्रमले काठमाडौँमा भएका नेपालको खेलहरूको तस्बिरहरू हेरेको बताउँदै नेपाली टोलीका लागि देशमा व्यापक समर्थन रहेको जिकिर गरेका हुन् ।

‘मैले नेपालको खेललाई पछ्याइरहेको छु,’ दुबईमा आयोजित एसिया कपको ट्रफी अनावरण कार्यक्रममा बोल्दै अक्रमले भने, ‘उनीहरू छनोट भएका छन् र राम्रो गरिरहेका छन् । क्रिकेटप्रति ठुलो लगाव छ त्यहाँ । मैले एउटा खेलको तस्बिर देखेको थिएँ जहाँ मैदान पुरा भरिएको थियो भने बाहिर मानिसहरू रुखमा चढिरहेका थिए ।’

उनले यो खेलको लागि जुनन भएको र यो अझै बढ्दै जाने जिकिर गरे । एसिया कपका लागि छनोट भएकोमा नेपाललाई उनले बधाई पनि दिए । 

अक्रमले अब नेपालले आफ्नो संरचनामा सुधार गर्नुपर्ने सुझाव दिए । ‘फस्ट क्लब र घरेलु खेलहरूलाई सुधार गर्नुपर्छ तब उनीहरू ठुला राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्छन्,’ उनले भने ।

नेपालले बुधबार मुल्तानमा पाकिस्तानको सामना गर्दैछ । त्यसपछि सोमबार श्रीलङ्काको क्यान्डीमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।-द नेसनल न्युज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप