आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

बुधबार, १३ भदौ २०८०, ०६ : ०१
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप