आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैङ्क र हिमालय दृश्य रिसोर्टबीच विशेष छुट प्रदान गर्ने सम्झौता

बुधबार, १३ भदौ २०८०, ०७ : ३१
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एभरेष्ट बैङ्क लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । 

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राजउप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारीसौजन्य केसीको समेत उपस्थिति रहेको थियो । 

एभरेष्ट बैङ्कमा हालसम्म करिब १२ लाख ग्राहकहरू रहेका छन्  । बैकले देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल इन्टरनेट एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप