आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काराबाओ कपबाट बाहिरियो स्पर्स

बुधबार, १३ भदौ २०८०, ०९ : २२
बुधबार, १३ भदौ २०८०

लण्डन । टोटनहम हटस्पर्स काराबाओ कपको दोस्रो राउन्डबाट नै बाहिरिएको छ । स्पर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै फुलहम कप प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा मिकी भान डे भेनले आत्मघाती गोल गरेपछि फुलहमले अग्रता लिएको थियो । तर, दास्रो हाफमा इभान पेरिसिचको पासमा रिचार्लिसनले खेल बराबरी गरे । गत अप्रिल यता रिचार्लिसनको यो पहिलो गोल थियो ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा डेभिनसन सान्चेजको पेनाल्टी फुलहमका गोलकिपरले रोकेपछि टोली ५–३ गोलले विजयी बन्यो ।

अन्य खेलबाट बोर्नेमाउथ, मिडल्सब्रो, पोर्ट भेल, म्यास्फिल्ड टाउन, स्टोक, लेस्टर, वूल्भ्स, ब्राडफोर्ड, कार्डिफ र एक्सटर सिटी प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप