आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साफ यु–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली भुटान प्रस्थान

बुधबार, १३ भदौ २०८०, १४ : ३०
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । साफ यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।  

भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करणमा चुनौती प्रस्तुत गर्ने नेपाली किशोर टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरूलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मा बुधबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले शुभकामनासहित बिदाइ गरेका थिए । 

रविन्द्र सिलाकारको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली बुधबार नै थिम्पु प्रस्थान गरेका छन् । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेर समूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन ।

सन् २०११ देखि सुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यस पटक भने नेपाल यसअघिका विजेताद्वय भारत र बंगलादेशलाई समूह चरणमा नै हराउँदै दाबेदारी प्रस्तुत गर्न चाहन्छ । नेपालले आइतबार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १४ दिनको प्रशिक्षण र अधिकांश एन्फा यु–१६ युथ लिग खेल खेलेका खेलाडी रहेकाले भुटानमा राम्रो प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास छ ।

नेपाली यु–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार र सरन एसके छन् । मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् । च्याम्पियनसिपमा सेप्टेम्बर १ देखि १० सम्म भुटानको राजधानी थिम्पुमा हुनेछ ।

६ टोलीको सहभागी रहने प्रतियोगितामा समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् । भूटानले पछिल्ला समय युथ फुटबलमा राम्रो गरिरहेको छ । त्यसले यो समूहबाट पूर्वच्याम्पियन भुटान र पाकिस्तानले दाबेदारी दिनसक्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप