आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुस् सिराहाको अम्बासमा एमाले सचिवालय बैठक

बुधबार, १३ भदौ २०८०, १५ : ५७
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । मधेस प्रदेशको सिराहा जिल्लास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको  बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो । बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौँ र विराटनगरबाट सिराहा पुगेका थिए । 

बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेको तयारी छ । 

uml-sachibalaya (2)

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । भूमिगत कालमा भएको चौथो महाधिवेशनले भण्डारीलाई महासचिव चयन गरेका कारण पनि सो स्थान एमालेका लागि ऐतिहासिक मानिन्छ । सचिव भट्टराईका अनुसार एमालेको चौथो महाधिवेशनले राज्य व्यवस्था बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।  

कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने तयारी छ । उक्त स्थानमा एमालेले मदन भण्डारी नामक एक विद्यालय स्थापना गरेको छ ।

uml-sachibalaya (3)uml-sachibalaya (4)uml-sachibalaya (5)

um2umluml1uml3uml4uml5uml6uml7uml8uml9uml11uml12uml13uml14

uml-sachibalaya (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप