आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दयाहाङ र मिरुनाको रोमान्टिक मुडमा खिचियो ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत

बुधबार, १३ भदौ २०८०, १६ : ३६
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी सर्वाधिक रुचाइएको छ । यो जोडीकै अभिनय रहेको फिल्म हो ‘नाङ्गो गाउँ’ । फिल्म २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्म रिलिजका लागि ३ हप्ता बाँकी रहँदा निर्माण युनिटले फिल्मका लागि ‘सुन सुन सुन्दरी’ बोलको एक रोमान्टिक गीत छायांकन गरेको छ । ३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको गीतमा दयाहाङ र मिरुना रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।

अञ्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म हिमाल शर्माको प्रस्तुतिमा तयार भएको हो । जय श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

फिल्म दयाहाङ र मिरुनाको अलवा शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप