आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान

बुधबार, १३ भदौ २०८०, १६ : ४०
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । चीनको हाङ्गझाउ सहरमा आयोजना हुने १९ एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान गरिएको छ ।

नेपाली राष्ट्रिय महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रदान गरेको किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना वैद्यले आज टिमलाई हस्तान्तरण गरे ।

कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले नेपाली राष्ट्रिय महिला टोलीका सदस्य २२ खेलाडी, ३ प्रशिक्षक र १ फिजियोलाई उक्त किट्स ब्याग प्रदान गरेको ओलम्पियन वैद्यले जानकारी गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप