आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भेपमा सुन प्रकरण

महरापुत्र राहुलमाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने, म्याद थपका लागि अदालत लगियो

बुधबार, १३ भदौ २०८०, १७ : १३
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुलमाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने भएको छ । भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका उनीविरुद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको हो ।  सीआईबीले म्याद थपका लागि राहुललाई जिल्ला अदालत काठमाडौँ लगेको छ।  संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । 

यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो । पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो ।  २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप