आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिल्ली : जी–२० बैठकका बेला बाँदरसँग जुध्न विशेष तयारी

बिहीबार, १४ भदौ २०८०, ०७ : ५२
बिहीबार, १४ भदौ २०८०

अर्को महिना आयोजना हुन लागेको जी–२० बैठकअघि भारतको राजधानी दिल्लीमा तीव्र तयारी भइरहेको छ । त्यसमा सहभागी हुन विश्वभरका नेताहरू दिल्ली जानेछन् ।

यसैबीच, दिल्लीको सडकमा जडान गरिएका केही कटआउटहरूले मानिसहरूको ध्यान तानिरहेका छन् । त्यहाँ बाँदरका कटआउटहरू छन्, जुन बाँदरहरूलाई डराउनका लागि राखिएको छ ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै बाँदरका यी कटआउट बाँदरको बाहुल्यता रहेको क्षेत्रमा जडान गरिएको छ । बाँदरका कारण जी–२० शिखर सम्मेलनमा कुनै अवरोध नहोस् भनेर प्रशासन प्रयासरत छ ।

पीटीआईका अनुसार प्रशासनले ३०–४० जनालाई बाँदरको आवाज निकाल्ने तालिम पनि दिएको छ, ताकि बाँदरलाई डराउन सकियोस् ।

यसका साथै प्रशासनले बाँदरले यताउता खाना नफ्याँकोस् भनेर पूर्वनिर्धारित स्थानमा खाना दिने तयारी गरेको छ ।

भारतले यस वर्ष जी–२० को अध्यक्षता गरिरहेको छ र यो बैठक ९–१० सेप्टेम्बरमा दिल्लीमा आयोजना हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप