सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपाल ब्याटिङ गर्दै

बिहीबार, १४ भदौ २०८०, ०८ : ०४
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । 

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप