सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको शानदार जीत

बिहीबार, १४ भदौ २०८०, ०९ : ३६
बिहीबार, १४ भदौ २०८०

डर्बन । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टी–२० खेलमा १ सय ११ रनको विशाल अन्तरले पराजित गरेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली मात्र १५।३ ओभरमा ११५ रन मा सीमित बनेको हो ।

दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न तनवीर सिंहले ४, मार्कस स्टोइनिसले ३ तथा स्पेनसर जोनसनले २ विकेट लिए । दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले सर्वाधिक ५६ रन बनाए । रासी भान डर डुसेनले २१ तथा मार्को जानसेनले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान मिचेल मार्सको ९२ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २६ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित मार्सले मात्र ४९ बलमा १३ चौका र २ छक्का हिर्काए ।

उनलाई टिम डेभिडले ६४ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, एरन हार्डीले २३ तथा म्याथ्यू सर्ट २० रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि लिजाड विलियम्सले ३ तथा मार्को जानसेन, जेराल्ड कोटजी र ताब्राइज साम्सीले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप