आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बटुक स्नानसँगै पशुपतिमा जनैपूर्णिमा, तस्बिरमा हेर्नुहोस्
सन्दर्भ : जनै पूर्णिमा

बटुक स्नानसँगै पशुपतिमा जनैपूर्णिमा, तस्बिरमा हेर्नुहोस्

बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले बिहानै स्नान गरेर पूजापाठसहित व्रत सुरु गरेका छन् । आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बस्ने गरिन्छ ।

 यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौ–तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया