सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिलो टी–२० मा इंग्ल्याण्डसँग न्युजिल्याण्ड पराजित

बिहीबार, १४ भदौ २०८०, १० : १०
बिहीबार, १४ भदौ २०८०

लण्डन । इंग्ल्याण्डले न्युजिल्याण्डलाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको १४० रनको लक्ष्य इंग्ल्याण्डले ३६ बल बाँकी छँदै पछ्याएको हो ।

इंग्ल्याण्डका लागि डेविड मलानले सर्वाधिक ५४ रन बनाए भने ह्यारी ब्रुकले नटआउट रहँदै ४३ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए । विल ज्याक्सले २२ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टीम साउथी, लोकी फर्गुसन र इस सोधीले १–१ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । टोलीका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए भने ओपनर फिन एलनले २१ रनको योगदान दिए । इंग्ल्याण्डका लागि लुक वुड र ब्राइडन कार्सले ३–३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप