सैनिक अस्पतालमा रक्षामन्त्रीको शल्यक्रिया
बिहीबार, १४ भदौ २०८०, १८ : ४०
काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ । उनी बुधबार सोही अस्पताल भर्ना भएकामा सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया भएको हो ।
शल्यक्रिया पश्चाट अस्पतालमा वार्डमा रहेका खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।