आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रबार, १५ भदौ २०८०, ०६ : ०५
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति भने कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप