मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
समाचार

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

शुक्रबार, १५ भदौ २०८०, ०८ : ४५
शुक्रबार, १५ भदौ २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उध्दब थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ । थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए ।

त्यस विरूध्द  पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए । यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई कामचलाउ अवस्थामा रहन भनेको थियो । 

अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न भनेको थियो ।

उता, मुख्यमन्त्री थापाले भने आफूले संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिएको जवाफ पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप