सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट : नेपाल र बहराइन भिड्दै

शुक्रबार, १५ भदौ २०८०, ०९ : १८
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा छ । 

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दै छ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप