सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइसीसी महिला टि २० विश्वकप छनोट : बहराइनसँग टस हारेको नेपाल फिल्डिङ गर्दै

शुक्रबार, १५ भदौ २०८०, ११ : ३८
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । 

मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान रुविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप