आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो सातामा ‘जय हो’

शुक्रबार, १५ भदौ २०८०, १३ : ०३
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।  समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मले  व्यवसाय पनि राम्रो गरिरहेको निर्माता शोभित बस्नेतले जानकारी दिए । 

फिल्म पहिलो साता झैँ देशभरका हलमा दोस्रो सातामा प्रवेश गरेको भने छैन । किनभने हिजो बिहीबारबाट प्रदर्शनमा आएका ‘ऐँचो पंैचौ’ र ‘गणपति‘ले थुप्रै हल कब्जा गरेको छ । 

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्म सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप