आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो फिल्म ‘एक भगवत् गीता’

शुक्रबार, १५ भदौ २०८०

 काठमाडौँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । 

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्म अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) र मधेसको कथावस्तुमा बनेको झल्को दिएको छ । अभिनेता विपिन पारालैंगिक चरित्रमा देखिएको ट्रेलरमा अभिनेत्री सुहाना थापा र अभिनेता धीरज मगरको प्रेम सम्बन्ध र रोमान्स अटाएको छ ।

सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको फिल्ममा विपिन, सुहाना र धिरजको अलावा अनुराग कुँवर, कबीर खड्का, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको अभिनय छ ।  

यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा कन्सेप्ट सुहाना थापा र कथा झरना थापाले तयार गरेका हुन्, राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व छ । फिल्मकी निर्माता अभिनेत्री सुहाना हुन् । 

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया