सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गरिब, विपन्नलाई कर्णाली प्रदेश अस्पतालले जनरल सेवा निःशुल्क दिन तयार हुनुपर्छ : मन्त्री बस्नेत

शुक्रबार, १५ भदौ २०८०, १७ : १५
शुक्रबार, १५ भदौ २०८०

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा सर्वसाधारणले उपचार पाउन मुस्किल हुने गरेको गुनासो आइरहन्छन् ।

विशेषगरी स्वास्थ्यकर्मीको व्यवहार र पहुँचवालहरूको रजगज चलिरहेको भन्दै सर्वसाधारण नागरिकहरूले सहज रूपमा सेवा पाउन नसकेको बताउँछन् । 

शुक्रवार अस्पतालको निरीक्षण गर्नका लागि आएका सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश अस्पतालले सर्वसाधारण नागरिकको लागि पनि सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले गरिब तथा विपन्न परिवारका लागि प्रदेश अस्पतालले जनरल सेवा निशुल्क गर्न तयार हुनुपर्ने बताए । ‘गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्न लागिरहेका छौँ,’ उनले भने,‘ प्रतिशत बेड निशुल्क गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा आएको थिएन । अब कार्यान्वयनको पहल गरिरहेका छौँ ।’ 

उनले संविधानमा लेखिएका कुराहरू व्यवहारमा अझै कार्यान्वयन नभएको बताए । स्वास्थ्य सम्बन्धी संविधानमा भएको व्यवस्थालाई व्यवहारमा गरिनुपर्ने उनको भनाइ थियो । 

भिआइपी, भिभिआइपीहरू विदेशमा उपचार गर्न जाने तर, गरिब, विपन्नको उपचारको लागि अस्पताल नदेख्ने अवस्था विद्यमान रहेको पनि बताए । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप