आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङबाट ६ जना जुवाडे पक्राउ

शुक्रबार, १५ भदौ २०८०, १७ : ५२
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१४ बाट प्रहरीले आधा दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय जगत चौधरीको टिनको छाप्रोमा जुवा खेलिरहेको अवस्थामा आरोपीतहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

पक्राउ पर्नेमा ३३ वर्षीय बिबेक चौधरी सहित ६ जना छन् । शुक्रबार बिहान वडा प्रहरी कार्यालय घोराहीबाट गस्तीमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

जुवा खालबाट प्रहरीले ४७ हजार ३ सय नगद र तास बरामद गरेको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप