उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे अस्पताल
शनिबार, १६ भदौ २०८०, १२ : ३२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले शनिबार अस्पतालमा नै पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्री खड्का स्वास्थ्यमा खराबी देखिएपछि केही दिनदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत रहेका छन् ।