आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कवि रिमा केसीलाई अनुवाद तर्फ ‘यशस्वी अवार्ड’ प्रदान

शनिबार, १६ भदौ २०८०, १२ : ५२
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । काठमाडौँमा भइरहेको सूर्य नेपाल काठमाडौँ–कलिङ साहित्य महोत्सवमा कवि रिमा केसीद्वारा अनुवाद गरिएको ‘अमृता प्रितमका छानिएका कविता’लाई अनुवाद तर्फ यशस्वी अवार्ड प्रदान गरिएको छ । ललितपुरको हिमालय होटेलमा जारी महोत्सवमा लेखकहरूको उपस्थितमा यो अवार्डद्वारा सम्मान गरिएको हो ।

उनी दुई दशकदेखि अनवरत रूपमा साहित्य क्षेत्रमा क्रियाशील रहेकी छिन् ।  सोही कार्यक्रममा डाक्टर नवराज केसीको ‘शून्यको मृत्यु, विवेक ओझाको उपन्यास ‘ऐँठन’ र रेणुका जिसीको कथा सङ्ग्रह ‘सनेस’लाई यशस्वी अवार्डद्वारा सम्मान गरिएको थियो ।

तीन दिनसम्म जारी महोत्सवमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो । सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’,  जीवनीतर्फ गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’ बाल साहित्य विधामा अनुराधा लिखित ‘छमछमको छमछमी’, खाद्य तथा औषधि विधामा ‘रैथाने चाडवाड र खानपानु’ अङ्ग्रेजी भाषाको संस्मरण ‘हिमालयन मेभरिक’ र अङ्ग्रेजी कवितासंग्रह ‘मिनट्स या मेरिट’ छन्  । 

साहित्य महोत्सवमा नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्का लगायत देशका साहित्यकारहरूको जमघट रहेको यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप