आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खाने होइन त ग्रिल्ड आइस ?

शनिबार, १६ भदौ २०८०, १५ : १७
शनिबार, १६ भदौ २०८०

आइस क्युबलाई ग्रिल गरेर त्यसमा सस र मसाला हालेर खाँदा कत्तिको मज्जा आउला ? यो प्रश्न सुनेर तपाईंमध्ये धेरैलाई अचम्म लाग्ला र कतिले त यसलाई वाहियात प्रश्नसमेत भन्नुहोला । तर चीनको सोसल मिडियामा यस्तै अचम्मको खान्कीको अहिले व्यापक चर्चा छ । 

चिनियाँ मिडियामा प्रकाशित थुप्रै समाचारका अनुसार यो अचम्मको स्ट्रिट फुड चीनको जियाङछी प्रान्तमा अवस्थित नानचाङमा रहेको एक स्ट्रिट फुड स्टलबाट चर्चामा आएको हो । सार्वजनिक भएको एक भिडियोमा देख्न सकिन्छ कि ठुला आइस क्युबलाई ग्रिल गरिएको छ र त्यसलाई प्लेटमा सर्भ गर्नु अघि सस र मसलाले सिजनिङ गरिएको छ । यद्यपि, यो खानेकुरा कसले खायो भनेर देखाइएको भने छैन तर यो गर्मी मौसममा असाध्यै चर्चामा आएको भनेर जानकारी दिइएको छ । यसलाई निःशुल्क उपलब्ध गराइएका कारण पनि पछिल्लो समय यो निकै चर्चित भइरहेको जानकारीमा उल्लेख छ । 

grilled ice1भिडियो भाइरल भएपछि चिनियाँ मिडियाले स्ट्रिट फुड स्टलका सञ्चालकबारे पत्ता लगाएर यसबारे थप जानकारी दिन खोजेका छन् । प्रचण्ड गर्मीबाट आफ्ना ग्राहकलाई राहत प्रदान गर्न सञ्चालकले यो तरिका अपनाएको बताएका छन् । ग्राहकलाई यसबारे जानकारी दिँदा सुरुमा ठट्टा गरेको ठाने तर पछि उनीहरूलाई यो खानेकुरा मन परेपछि आफूले बनाउन जारी राखेको उनले बताए । अडिटी सेन्ट्रलका अनुसार यो अचम्मको स्ट्रिट फुड निःशुल्क उपलब्ध गरिएको छ । धेरै मानिस यो चाख्न चाहन्छन् । मानिसको सङ्ख्या धेरै भएकोले यसको एडभान्स बुकिङ गर्नुपरेको सञ्चालक बताउँछन् । 

भिडियो सार्वजनिक भएपछि कतिले यो खानेकुरा कसरी खाने भनेर प्रश्न गरिरहेका छन् । 

grilled ice2‘यसलाई मैले तातै खाने कि सेलाएपछि ?’ एकजनाले वेबोमा प्रश्न सोधेका छन् । कोहीले ‘यो खानेकुरा कस्तो खालको हो ’ भनेर पनि प्रश्न गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप