आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाडका लागि नेपाली खेलाडीलाई व्यवहारिक ज्ञान प्रदान

शनिबार, १६ भदौ २०८०, १७ : ४२
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता हुने क्रममा नेपाली खेलाडीहरूमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी हुने क्रममा खेलाडीबाट भएका गल्ती र कमी कमजोरीका कारण नेपालले जरिवाना पनि तिर्नुपरेका घटनाहरू छन् ।

 तर, यस पटक भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि डोपिङलगायत अन्य व्यवहारिक पक्षमा खेलाडीलाई शिक्षा प्रदान गरिरहेको छ । वाडाले प्रतिवन्धित गरेको औषधि खेलाडीले अज्ञानतापूर्वक प्रयोग गरेमा पनि त्यसलाई डोपिङ मानिन्छ । जसको कारण खेलाडीको करियर नै समाप्त हुनसक्छ । त्यसैले खेलाडीलाई डोपिङसम्बन्धि पूर्ण ज्ञान आवश्यक हुन्छ ।

चीनको हाङझाव सहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औँ एसियाली खेलकुद हुँदै छ । सोही प्रतियोगिता अगाडि राखेपले खेलाडीहरूलाई प्राविधिक प्रशिक्षणसँगै अन्य विभिन्न पक्षमा शिक्षित गराउने काम गरिरहेको छ । उक्त एसियाली खेलकुदमा नेपालका २९ खेलका २३४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सोही खेलकुदलाई लक्षित गरेर राखेपले उनीहरूको प्रदर्शन आत्मबल मिल्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । यसअघि डोपिङ शिक्षा प्रदान गरेको राखेपले शनिवार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ ।

लगनखेलमा भएको ओरियन्टेसनमा एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९औँ एसियाली तयारी समितिले यी कार्यक्रम सञ्चालन गरेको हो । साथै राखेपले अब तेस्रो चरणमा खेलाडीहरूको मोटिभसनको कार्यक्रम पनि सञ्चालन गर्दैछ । राखेपले १९औँ एसियाडमा खेलाडीहरूको प्रदर्शनमा उच्च आत्मबल बढ्ने अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप