आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सनको ह्याट्रिकमा स्पर्सको गोलवर्षा, चेल्सी घरेलु मैदानमा स्तब्ध

शनिबार, १६ भदौ २०८०, २२ : ००
शनिबार, १६ भदौ २०८०

लण्डन । सन ह्युङ मिनको ह्याट्रिको मद्दतले टोटनह्याम हटस्पर्सले गोलले पछि परेको स्थिति उल्टाउँदै बर्नलीमाथि ५–२ को शानदार जीत हासिल गरेको छ ।

लाइल फोस्टरले खेलको चौथो मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, १६ औँ मिनेटमा सनले स्पर्सका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अतिरिक्त समयमा क्रिस्टियन रोमेरोले स्पर्सलाई खेलमा पहिलोपल्ट अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै जेम्स म्याडिसनले स्पर्सका लागि तेस्रो गोल गरे । त्यसपछि ३ मिनेटको अन्तरमा सनले दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । इन्जुरी समयमा जोस ब्राउन हिलले बर्नलीका लागि दोस्रो गोल गरे पनि खेल

स्पर्सले आफ्नो पक्षमा पार्न सफल भयो । चार खेलपछि १० अंक बटुल्दै स्पर्स गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

उता, चेल्सी भने आफ्नै घरेलु मैदानमा नटिङह्याम फरेस्टसँग स्तब्ध बन्यो । एन्थोनी इलांगाले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

पराजयसँगै चार खेलबाट मात्र ४ अंक बटुल्दै चेल्सी लिगको ११ औँ स्थानमा सीमित रहेको छ । ६ अंकसहित फरेस्ट भने लिगको नवौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप