सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट : नेपाललाई भुटानले दियो ४० रनको लक्ष्य

आइतबार, १७ भदौ २०८०, ०९ : ०४
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो ।

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि पूजा महतोले ३ तथा कविता कुँवर, खुशी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १-१ विकेट लिए ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप