आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बायर्नको लगातार तेस्रो जीत

आइतबार, १७ भदौ २०८०, ०९ : २९
आइतबार, १७ भदौ २०८०

म्युनिख । साबिक विजेता बायर्न म्युनिखले गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया मोचेनग्लाडब्याचलाई २–१ गोलले पराजित गरेको छ । 

शनिबार राति भएको खेलमा को इटाकुराले ३० औँ मिनेटमा मोचेनग्लाडब्याचलाई अग्रता दिलाएका थिए । तर, लिरोय सानेले दोस्रो हाफको ५८ औँ मिनेटमा नै बायर्नलाई खेलमा फर्काएका थिए । 

खेल सकिन ३ मिनेट बाँकी छँदा माथेयस टेलले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । बुन्डेस लिगामा बायर्नको यो लगातार तेस्रो जीत हो । यद्यपि, टोली गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

शनिबार नै बायर लेभरक्युजनले एसभी डार्मास्टाडलाई ५–१ गोलले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप