आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्घटना

काठमाडौँको छाप्रोमा बसले अन्य ३ सवारी साधनलाई ठक्कर दियो,  १ जनाको मृत्यु

आइतबार, १७ भदौ २०८०, ०९ : ३९
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई छन् । भट्टराई बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन् । 

बिहान साढे ५ बजे भएको दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।

बा.३ ख ४८४८ नम्बरको यात्रुबाहक बसले बा.६ च ५३४२ नम्बरको पिकअप, मोटरसाइकल र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप